गण्डकी

१० लाखसम्मका योजना वडामै सम्झौता, उपभोक्ता समितिलाई अभिमुखीकरण

इकागज |
असोज ६, २०७९ बिहीबार २१:३० बजे

लमजुङ- लमजुङको मर्स्याङ्दी गाउँपालिकाले प्रभावकारी योजना सम्पादनका लागि उपभोक्ता समितिलाई अभिमुखीकरण सञ्चालन गरेको छ । चालू आर्थिक वर्ष २०७९/८० मा उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजना प्रभावकारी र गुणस्तरीय रूपमा सञ्चालन गर्न गाउँपालिकाले उपभोक्ता समितिलाई अभिमुखीकरण गराएको हो । 

असोज १५ गतेसम्ममा पालिकाभित्रका सबै वडामा अभिमुखीकरण तथा तालिम सम्पन्न गरिसक्ने गाउँपालिकाले जनाएको छ । योजनालाई चुस्त दुरुस्त बनाई गुणस्तरीय योजनासँगै स्तरीय कार्यसम्पादन गर्नका लागि उपभोक्ता समितिलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । 


गाउँपालिकाले पालिका भित्रका नौवटै वडामा गठित उपभोक्ता समितिलाई यही असोज १५ गतेसम्म अभिमुखीकरण सम्पन्न गर्ने गरी यसअघि नै कार्यतालिकासमेत सार्वजनिक गरेको छ । 

वडा नंं ६ मा चालू आर्थिक वर्षमा कार्यन्वयन हुनेगरी २५ वटा योजना छनौट भएका छन् । ति योजना सम्पन्न गर्नका लागि गठित उपभोक्ता समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, अनुगमन समितिका संयोजकलाई अभिमुखीकरण गराइएको हो । 

चालू आर्थिक वर्ष उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजना गुणस्तरीय रूपमा तोकिएको समयमै सम्पन्न गर्न योजनाबद्ध रूपमा अघि बढेको गाउँपालिकाले १० लाखसम्मका योजना सम्बन्धित वडाबाटै सम्झौता गर्ने व्यवस्था मिलाएको छ ।  


Author

थप समाचार
x