गण्डकी

तनहुँ- १ : स्वर्णिमले ११६७७ मत ल्याउँदा सर्वेन्द्रले पुर्‍याए ३८०३ मत

इकागज |
बैशाख ११, २०८० सोमबार १२:१५ बजे

काठमाडौँ- तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ ।

सोमबार मध्यान्‍न १२ बजेसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।


वाग्लेले ११६७७ मत ल्याएका छन् ।

त्यसैगरी दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई रहेका छन् । भट्टराईले ६७८७ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन् । उनले ३८०३ मत पाएका छन् ।

मंगोल नेशनल अर्गनाइजेसन पार्टीका प्रेम बहादुर थापाले ९९ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले ४४ मत पाएकी छन् । नागरिक उन्मुक्ति पार्टीका भिम बहादुर सुनार १८ मत पाएका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टीका पूर्ण बहादुर रानाले १३ मत पाएका छन् ।


Author

थप समाचार
x