गण्डकी

पूर्णपाठ

गण्डकीको बजेट ३३ अर्ब ४२ करोड

इकागज |
असार १, २०८० शुक्रबार १७:८ बजे

पोखरा- गण्डकी प्रदेशका अर्थमन्त्री जीतप्रकाश आलेले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट पेस गरेका छन् । शुक्रबार प्रदेश सभाको बैठकमा उनले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट पेस गरेका हुन् ।

चालु आर्थिक वर्ष भन्दा बजेट करिब २ अर्ब रुपैयाँ घटेर आएको हो । अर्थमन्त्री आलेका अनुसार चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रुपैयाँ र पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख रुपैयाँ बजेट ल्याइएको हो । सरकारको आफ्नो कार्यकालमा ल्याएको यो पहिलो बजेट हो । बजेटले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेको छ ।


 


Author

थप समाचार
x