राजनीति

बझाङको मतगणना १ बजेदेखि सुरु हुने

इकागज |
बैशाख १६, २०८१ आइतबार १२:५५ बजे

फाइल तस्बिर

धनगढी - बझाङको प्रदेश सभाको मतगणना १ बजेदेखि शुरु हुने भएको छ । केही बेरअघि सम्पन्न सर्वदलीय बैठकले १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको हो ।   


बझाङको मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा हुँदैछ । ६१ हजार ७ सय ४८ मतदाता रहेको बझाङ १(क) मा करिब ५० प्रतिशत मत खसेको आयोगले जनाएको छ ।  यसअघि २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा बझाङको यस क्षेत्रमा ५२.९८ प्रतिशत मतदान भएको थियो ।   


Author

थप समाचार
x