गण्डकी

एमाले गण्डकीको प्रथम अधिवशेनको तयारी, लोगो सार्वजनिक

इकागज |
असोज २, २०८० मंगलबार १८:५४ बजे

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीले असोज १५ र १६ गते पोखरामा हुने भएको छ । जसका लागि अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । अधिवेशन प्रचार प्रसार समितिले मंगलबार पोखरामा पत्रकार सम्मेलनमार्फत लोगो सार्वजनिक गरेको हो ।

कार्यक्रममा एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले अधिवेशनलाई ऐतिहासिक बनाउन भएका तयारीहरूको बारेमा जानकारी दिए । बैठकले अधिवेशनलाई सभ्य र भव्यरूपले सम्पन्न गर्न विभिन्न विभिन्न वटा उप समितिमार्फत् सशक्त ढंगले तयारी अगाडि बढाइएको प्रचार तथा प्रसार उपसमिति सदस्य रामजीप्रसाद लम्सालले बताए । 


अधिवेशनमा करिब ९ सय प्रतिनिधि सहभागी हुने र असोज ९ गते प्रतिनिधि चयन हुने जानकारी लम्सालले जानकारी दिए । एमाले गण्डकीको प्रथम अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले असोज १५ गते अमरसिंहचौरमा उद्घाटन गर्ने कार्यक्रम छ ।


Author

थप समाचार
x