गण्डकी

एमाले गण्डकी : नेतृत्वका चयनका लागि ११.५५ बजेदेखि मतदान हुने

इकागज |
असोज १८, २०८० बिहीबार ११:३० बजे

पोखरा। नेकपा एमाले गण्डकी प्रदेशमा नेतृत्व चयनका लागि बिहीबार दिउँसो मतदान हुने भएको छ । निर्वाचन प्रक्रियाको सूची अनुसार ११.५५ देखि मतदान हुने प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता थापामगरले जानकारी दिए । 

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले प्रतिस्पर्धा गर्ने भएका छन् । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ ।


उपाध्यक्षमा मीनप्रसाद गुरुङ र बाबुरामराम विक चुनावी मैदानमा छन् भने धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा प्रतिस्पर्धा गर्नेछन् । उपसचिवमा दामबहादुर विक र सन्तोष रावल, उपसचिव महिलातर्फ मञ्जु अधिकारी र मिना गुरुङ उम्मेद्वार छन् । 

अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधि छन् ।


Author

थप समाचार
x