गण्डकी

एमाले गण्डकी : नेतृत्वका चयनका लागि मतदान सुरु

इकागज |
असोज १८, २०८० बिहीबार १२:४८ बजे

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । निर्वाचन प्रक्रियाको सूची अनुसार ११.५५ देखि मतदान सुरु भएकाे प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता थापामगरले जानकारी दिए । 

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले प्रतिस्पर्धामा छन् । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ ।


अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधि छन् ।
 


Author

थप समाचार
x