लुम्बिनी

राज्यमन्त्री विमला कुमारीमाथि जाँचबुझ गर्न कार्यदल गठन

इकागज |
असार १, २०७९ बुधबार १६:५८ बजे

फाइल फोटो

काठमाडौँ - लुम्बिनी प्रदेशसभा सदस्य एवं राज्यमन्त्री विमला कुमारी वलीमाथि छानबिन गर्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको छ । 

जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानुन मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् । 


राज्यमन्त्री वलीले हिजो मंगलबार लुम्बिनी प्रदेशकै एक महिला र बालिकामाथि कुटपिट गरेको आरोप छ । उनले ती महिलाको घरमा गएर तोडफोडसमेत गरेको आरोप छ । 

उनीविरुद्ध किटानी जाहेरी परे पनि प्रहरीले दर्ता भने गरेको छैन । यही घटनाबारे सत्य तथ्य बुझ्नका कार्यदल बनाएको हो ।


Author

थप समाचार
x