लुम्बिनी

टेण्डर खोल्ने विवादमा बुटवलमा झडप

बिक्रम खड्का |
कात्तिक २४, २०७७ सोमबार १७:५ बजे

तस्बिर : बिक्रम/इकागज

बुटवल : बुटवल उपमहानगरपालिकाको स्वामित्वमा आएको बुटवल हाटबजारको ९६ सटरको नयाँ टेण्डर खोल्ने विषयमा विवाद हुँदा झडप भएको छ । १७ वर्ष पहिले शेर्पा टि कम्पनीसँग भाडामा लिएर बसेका ब्यवसायीहरूले उपमहानगरको नयाँ टेण्डर खोल्ने बेलामा अवरोध गर्न खोजेपछि झडप भएको हो ।

उपमहानगरपालिकाका अनुसार १७ वर्ष पहिले सार्वजनिक साझेदारी कार्यक्रमअन्तर्गत शेर्पा टि ले सटर बनाउने र १५ वर्ष भाडामा लगाई १५ वर्षपछि उपनगरपालिकामा स्वामित्व जानेगरि तत्कालीन नगरपालिकासँग सम्झौता गरेको थियो । सम्झौता अनुसार २ वर्ष पहिले म्याद समाप्त भएको थियो । तर, व्यवसायीहरूको माग अनुसार २ वर्ष म्याद थपिएको थियो ।


यहि कार्तिक ३० गते म्याद सकिनु अघि उपमहानगरले ३० दिने सुचना प्रकाशित गर्दै टेण्डर आह्वान गरेकोमा सोमबार टेण्डर खोल्ने कार्यक्रम रहेको थियो ।

१२ बजेसम्मको समय निर्धारण गरेपनि त्यसपछि पनि टेण्डर दर्ता गरिएको भन्दै व्यवसायीहरू उपमहानगर घेराउ गर्न पुगेका थिए । उनीहरू घेराउका क्रममा उपमहानगरको कार्यालय परिसरमा प्रवेश गर्न खोजेपछि पटक–पटक झडप भएको थियो । व्यवसायीले उपमहानगरले चलखेल गरेर आफुहरूलाई हटाउन खोजेको आरोप लगाएका छन् । 

उनिहरूले आफ्ना मान्छे घुसाउन समय सकिएपछि पनि टण्डर बुझ्ने काम भएको आरोप छ । टेण्डरमा झेल्ली गरको पत्ता लगाएपछि आफुहरू आन्दोलनमै उत्रिनु परेका एक व्यवसायीले बताए । उता उपमहानगरले भने १२ बजे पछि दर्ता नगरिएको बताएको छ । झडपका क्रममा केहि समान्य घाईते भएका छन् । आन्दोलनकारीहरू उपनगरपालिका परिसरवाट बाहिर निकालिएपछि सडक अवरोधको प्रयासमा उत्रिएका थिए । कतिपयले आफ्नो कपडा खोलेर समेत प्रर्दशन गरेका थिए । 
 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x