लुम्बिनी

रेसुङ्गाबाट तम्घास फर्कंदै गरेको ट्रक पल्टिँदा चालकको मृत्यु

इकागज |
साउन २२, २०७९ आइतबार १०:१० बजे

सांकेतिक तस्बिर

गुल्मी- रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा  पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ  । 

आज विहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिनुभयो । ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो ।
 



Author

थप समाचार
x