लुम्बिनी

सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध

इकागज |
असोज १, २०७९ शनिबार १८:४७ बजे

अर्घाखाँची- महेन्द्र राजमार्गबाट अर्घाखाँची जोड्ने प्रमुख बाटो सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध भएको छ ।

सन्धिखर्क गोरुसिंगे सडक खण्ड अन्तरगत सन्धिखर्क नगरपालिका वडा नं. ६ घुम्ती नजिकै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।


केही दिनदेखिको वर्षसँगै निरन्तर पहिरो झरिरहेको घुम्तीमा वडा कार्यालय र शिवपुर सडक डिभिजन कार्यालयले सडक खुलाउँदै आएकोमा आज दिउँसो ठूलो पहिरो झरेको हो ।

सडक अवरुद्ध भएपछि सन्धिखर्कदेखि गोरुसिंगेको सम्बन्ध विच्छेद भएको छ । यद्यपी पहिरो सोहोर्ने काम भैरहेको र साँझ अबेरसम्म बाटो खुल्ने बताइएको छ ।


Author

थप समाचार
x