लुम्बिनी

अंग्रेजलाई जितेकाे दिन सम्झँदै धुमधामले मनाइयो जितगढी उत्सव (फोटोफिचर)

विक्रम खड्का |
बैशाख ७, २०८० बिहीबार १९:२५ बजे

बुटवल । बुटवलको जितगढीमा नेपाल–अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुशीयालीमा बिहीबार जितगढी उत्सव भव्य रुपमा मनाइएको छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । 

सोही खुशीयालीमा बुटवल उपमहानगरपालिकाले जितगढी उत्सव मनाउँदै आएको छ । जितगढी उत्सवका अवसरमा जितगढी उत्सव मूल समारोह, गोरखादेखि पैदलयात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत गरिएको थियो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेल राज पाण्डेयले बुटवलसहित सिंगो मुलुककै लागि यो ऐतिहासिक दिन भएको बताए ।



 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x