लुम्बिनी

स्वास्थ्य सामाग्रीको व्यवस्था गर्न कांग्रेस लुम्‍बिनी दलकाे माग

इकागज |
जेठ १, २०७८ शनिबार १४:१९ बजे

काठमाडौँ : नेपाली कांग्रेस लुम्‍बिनी संसदीय दलले कोभिड-१९ संक्रमितहरूलाई अत्यावश्यक अक्सिजन, भेन्टिलेटर, आइसीयू बेडलगायतका स्वास्थ्य पूर्वाधार र आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्था गर्ने सरकारसँग माग गरेको छ । शनिबार संसदीय दलका नेता वीरेन्द्रकुमार कनोडियाले  विज्ञप्‍तिमार्फत् बाँके, बर्दिया, दाङ, कपिलबस्तु र रूपन्देहीमा आवश्यक स्वास्थ्य सामग्री र चिकित्सा, नर्स, स्वास्थ्यसेवकसहितको विशेष टोली परिचालन गर्न पनि माग गरेका हुन् । 

सीमा नाकाहरूमा अनिवार्य पीसीआर परीक्षण र परीक्षणको नतिजा नआउन्जेल होल्डिङ केन्द्रहरूमा राख्ने व्यवस्था गर्न उनले माग गरेका छन् । ​निषेधाज्ञाका कारण मारमा परेका आम नागरिक, श्रमिक र साना व्यवसायीहरूलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्‍याउन उनको माग छ । 



Author

थप समाचार
x