लुम्बिनी

दाङमा प्रदेश स्तरीय रङ्गशाला बन्ने

इकागज |
असार ८, २०८० शुक्रबार १५:१४ बजे

काठमाडौँ- दाङको घोराही उपमहानगरपालिका–१६ कारौतिडाँडामा प्रदेश स्तरीय रङ्गशाला बन्ने भएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको गौरवको योजनाकै रूपमा नेत्रलाल अभागी खेलकुद रङ्गशालाको निर्माण कार्य अघि बढाएको हो ।

इन्डोर र आउटडोरका सबै खेल खेल्न मिल्ने गरी २७ विगाहा क्षेत्रफलमा अत्याधुनिक खेलकुद रङ्गशाला बनाइने प्रदेश सरकारको गुरुयोजना रहेको छ । अहिलेसम्म एक करोड ५६ लाख बजेटबाट मैदान सम्याउने र वाल लगाउने काम भएको नेत्रलाल अभागी रङ्गशाला व्यवस्थापन समितिका अध्यक्ष देउमान दमाईले जानकारी दिए ।


आर्थिक वर्ष २०७६/७७ बाट निर्माण प्रक्रिया सुरु भएको रङ्गशाला सुरुमा ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, प्रदेश सरकार परिवर्तन हुँदा पर्याप्त बजेट अभावका कारण थप संरचना निर्माणको काम गर्न समस्या हुने समितिले जनाएको छ ।


Author

थप समाचार
x