लुम्बिनी

बुटवल उपमहानगरपालिकाकाे बजेट २ अर्ब ३६ कराेड ५४ लाख

इकागज |
असार १०, २०८० आइतबार १५:६ बजे

बुटवल- बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब ३६ कराेड ५४ लाख बराबरको बजेट ल्याएको छ । आइतबार दिउँसो बसेकाे १३ औं नगर सभाको बैठकमा उपप्रमुख सावित्रा देवी अर्यालले बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटमा शिक्षा र स्वास्थ्यलाई मुख प्राथमिकतामा राख्दै कृषि, पर्यटन ,रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रकाे समुन्नतिमा जाेड दिइएको छ ।


त्यस्तै बजेटमा उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत सहरका रूपमा विकास गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ ।
 


Author

थप समाचार
x