लुम्बिनी

बाघको छालासहित चार पक्राउ

बिक्रम खड्का |
मंसिर ५, २०७७ शुक्रबार १९:६ बजे


बुटवल : बुटवलबाट शुक्रबार बाघको छाला सहित ४ युवा पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा उनीहरूलाई बुटवल उपमहानगरपालिका-९ स्थित विशाल होटल एण्ड रेष्टुरेण्टबाट बिहान साढे १० बजेतिर बाघको छालासहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रितम सिंह राठौरले जानकारी दिए । 

पक्राउ पर्नेमा बुटवल-७ का ३० वर्षीय विष्णुप्रसाद भट्टराई, गुल्मीको दरबार गाउँपालिका-४ का २२ वर्षीय बिमल मगर, सोहि स्थानका २४ वर्षीय संजिव पेमी र १८ वर्षीय विशाल रानामगर रहेको डिएसपी राठौरेले जानकारी दिए । 


पक्राउ परेकाहरूको साथबाट प्रहरीले ६ फिट लम्बाई र एक फिट ३ इन्च चौडाईको एकथान बाघको छाला बरामद गरेको छ । पक्राउ परेकाहरूमाथी थप अनुसन्धान अगाडि बढाउन जिल्ला डिभिजन वन कार्यालय रुपन्देहीमा पढाइएको छ । 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x