लुम्बिनी

तार व्यवस्थित गर्न मेयर चढे पोलमा

इकागज |
साउन ३, २०८० बुधबार १९:२८ बजे

बुटवल - रूपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्युतका पोलहरूमा जथाभावी राखिएका तारहरू व्यवस्थित बनाउन सुरू गरेको छ। नगरपालिकाका मेयर रामकृष्ण खाणले आफैंले विद्युतको पोलमा चढेर जथाभावी झुण्डाइएका तारलाई हटाएर उक्त कार्यको सुरूवात गरे । योगिकुटी चोकबाट उक्त कार्यको  सुरूआत गरिएको हो । नगरप्रमुख खाणले पोलहरूमा जथाभावी टाँगिएका तारहरूले नगरलाई कुरूप बनाएको बताए । उनले सम्बन्धित पक्षसंग पटक पटक छलफल गरि तार व्यवस्थित बनाउने काम थालेको बताए । उनले जथाभावी राखिएका तारले नगर कुरुप हुनुका साथै  दुर्घटनाको जोखिम समेत निम्त्याएकोले तारहरूलाई व्यवस्थित बनाउन सुरू गरिएको बताए ।

‘एउटै पोलमा विद्युतको तारसँगै इन्टरनेट र केबलका दर्जनौं कम्पनीका तारहरू जथाभावी टाँगिदा आगलागीका घटना समेत हुने गरेको उनको भनाई छ । पोलमा आगलागी हुँदा नजिकैका घरमा आगलागी हुनसक्ने र विद्युतीय उपकरणहरू सर्ट हुने जोखिम बढिरहेको नगरपालिकाले निश्कर्ष निकालेको छ । त्यसैले 
नगरका मुख्य चोक, सडक किनार र घर अगाडि नै कुरूप बनाउने गरी टाँगिएका तारहरूलाई हटाउन नगरपालिकाले सरोकारवालालाई आग्रह गरेको थियो । 



Author

थप समाचार
x