लुम्बिनी

नयाँ बसपार्कमा वृद्धामाथि सामूहिक बलात्कार

इकागज |
साउन ५, २०८० शुक्रबार ९:२५ बजे

सांकेतिक तस्बिर

बुटवल- दाङको तुलसीपुरस्थित नयाँ बसपार्कमा एक वृद्धा गएराति सामूहिक बलात्कारमा परेकी छन् । 

मध्यराति पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिए । 


बलात्कारमा संलग्न तुलसीपुर-१५ का पुष्कर रोका र सल्यानको कुमाख-७ का रेशम विकलाई इप्रका र बसपार्क चौकीका प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको हो । उनिहरुको विषयमा थप अनुसन्धान भैरहेको र वृद्वालाई स्वास्थ्य चेकजाँचका लागि अस्पताल पढाईएको प्रहरीले बताएको छ ।


Author

थप समाचार
x