लुम्बिनी

प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ

इकागज |
साउन १४, २०८० आइतबार १४:१३ बजे

सांकेतिक तस्बिर

रुपन्देही- प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा सियारी गाउँपालिका-७ अमुवा बस्ने ३० वर्षीय लाल बहादुर थारु र ४० वर्षीय जितबहादुर थारुलाई प्रहरीले पक्राउ गरेको छ । 

सियारी गाउँपालिका-७ अमुवास्थित जनता माध्यमिक विद्यालय अमुवा रुपन्देहीको खेल मैदानमा प्रथम अमुवा सांस्कृतिक रमाईलो मेलामा उनीहरू दुवै जना झगडा गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा प्रहरी टोली माथि नै दुर्व्यवहार गरेकोले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



Author

थप समाचार
x