लुम्बिनी

एमाले लुम्बिनीमा नेतृत्वका लागि निर्वाचन सुरु

इकागज |
भदौ १९, २०८० मंगलबार ९:१३ बजे

बुटवल । नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि अहिले मतदान सुरु भएको छ । भदौ १६ गतेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल बीच प्रतिस्पर्धा हुन लागेको हो ।

बिहान पौने ९ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म मात्रै हुने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बताए। कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् ।


लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ ।

सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध भएका छन् । उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी छ। उनीहरू उपेन्द्रलाल कामी–रुकुम पूर्व, दुर्गाप्रसाद थारू चौधरी(बाँके, पूर्ण बुढामगर(रोल्पा र हिरा एसी(गुल्मी हुन् ।

यस्तै, महिला उपसचिवमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बाँकेकी लीला रानामगरको उम्मेदवारी रहेको छ। नेतृत्वका लागि १००४ जना प्रतिनिधिले मतदान गर्दै छन् । मतदान दिउँसो १ बजेसम्म हुनेछ ।


Author

थप समाचार
x