लुम्बिनी

कांग्रेस रूपन्देही २ को सभापतिमा संस्थापन पक्षका प्रजापाल गिरी निर्वाचित

इकागज |
असोज २७, २०८० शनिबार २१:७ बजे

बुटवल- नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ को सभापतिमा संस्थापन पक्षका प्रजापाल गिरी निर्वाचित भएका छन् । शनिबार भएको क्षेत्रीय सभापति र सहसचिवको निर्वाचनमा गिरी ३४६ मतका साथ विजयी भएका हुन् । यसअघि यो क्षेत्रमा संस्थापन इतरले जित्दै आएको थियो ।

गिरीका प्रतिष्पर्धी संस्थापन इतरका पर्शुराम ढकालले २४५ मत पाए । सहसचिवमा भने संस्थापन इतरकी संगिता गौतम अर्याल २९७ मतका साथ विजयी भइन् भने संस्थापनका विष्णु चापागाईले २८९ मत पाएर पराजित भए । ६ सय ७४ जना मतदाता रहेकोमा ६१३ जनाले मतदान गरेका प्रमुख निर्वाचन आयुक्त रविकुमार रायमाझीले बताए ।


यसअघिका सभापति हरि लम्सालले बुटवल उपमहानगरपालिकाको स्थानीय चुनावमा नगर सभापति खेलराज पाण्डेले आफ्नै नाम उम्मेदवार सिफारिस गरेको प्रति असहमति जनाउँदै पार्टी परित्याग गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।


Author

थप समाचार
x