लुम्बिनी

टिपरको ठक्करबाट दाङमा दुई जनाको मृत्यु

इकागज |
मंसिर ३०, २०८० शनिबार १२:४६ बजे

सांकेतिक तस्बिर

देउखुरी (दाङ)- घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१० नारायणपुरको झारबैरा चोकमा शुक्रबार राति दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।

रा १ क १३०७ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको रा २ प ५५८९ को मोटरसाइकलाई ठक्कर दिँदा प्यूठानको झिम्रुक गाउँपालिका–४ बाङे निवासी १७ वर्षीय विशाल जिसी र सोही जिल्ला नौबहिनी गाउँपालिका–६ लुङ निवासी १८ वर्षीय सागर केसी घाइते भएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी जनकबहादुर मल्लले जानकारी दिए ।


टिपरसहित चालक रोल्पाको रुन्टिगढी गाउँपालिका–९ का २६ वर्षीय ईश्वर बुढालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x