लुम्बिनी

सरकार गठनको नौ महिनापछि लुम्बिनीले पायो थप दुई मन्त्री

इकागज |
पुस ७, २०८० शनिबार २०:५५ बजे

बुटवल - लुम्बिनी प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ। आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै लुम्बिनी प्रदेशमा कांग्रेसबाट प्युठानका सांसद सरोज थापा र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई मन्त्री बनाइएको हो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार गठन भएको ८ महिनापछि दुई मन्त्री थप गरेका हुन्। 


चौधरी गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए। गठबन्धनका दलहरूबीच मन्त्रालय भागबण्डा नमिल्दा सरकारले पूर्णता पाएको थिएन।

नवनियुक्त मन्त्रीहरूको शपथ भोलि बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए।


Author

थप समाचार
x