लुम्बिनी

लुम्बिनी प्रदेशका दुई मन्त्रीकोे सपथ आज

इकागज |
पुस ८, २०८० आइतबार ७:५५ बजे

फाइल फोटो

काठमाडौँ  - लुम्बिनी प्रदेश सरकारले थप गरेका दुई मन्त्रीको सपथ आज हुँदैछ । नवनियुक्त मन्त्रीहरूको शपथ भोलि आज ९ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए।

आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै लुम्बिनी प्रदेशमा कांग्रेसबाट प्युठानका सांसद सरोज थापा (रोज राणा) र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई मन्त्री बनेका थिए । 


लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार गठन भएको ८ महिनापछि दुई मन्त्री थप गरेका छन् । 

चौधरी गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए। गठबन्धनका दलहरूबीच मन्त्रालय भागबण्डा नमिल्दा सरकारले पूर्णता पाएको थिएन।
 


Author

थप समाचार
x