लुम्बिनी

लुम्बिनी प्रदेश सरकारले आज ३८ अर्बको बजेट ल्याउँदै

इकागज |
असार १, २०७८ मंगलबार १०:४१ बजे

फाइल फोटो

बुटवल : लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत  गर्दैछ ।  सरकारले ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। चालु आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड बराबरको बजेट ल्याएको थियो। प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट प्रस्तुत गर्ने छन् । 

कोरोना नियन्त्रण, उपचार र स्वास्थ्य पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिएको मन्त्री चौधरीको भनाई छ । गत वर्षको भन्दा बजेटको आकार केही मात्रामा बृद्धि हुने भन्दै  मन्त्री चौधरीले नयाँ योजना भन्दा पनि पूराना अधुरा योजनालाई पूरा गर्ने गरि बजेट आउने बताए ।


बजेटमा कोरोना नियन्त्रणका लागि उपचार, परीक्षण, जनशक्ति  व्यवस्थापनमा बिशेष रुपमा सम्बोधन गर्ने गरि बजेट छुटाइएको छ। मन्त्रालयका अधिकारीहरुका अनुसार कृषिमा नयाँ योजना छन् भने कोरोनाकै कारण विदेशबाट फर्किएका बेरोजगार युवाहरुलाई तुरुन्तै जागिर दिने गरि सिपयुक्त तालिमका लागि नया कार्यक्रम राखिएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ को बजेटमा समेत स्वास्थ्य, कृषिलाई नै प्राथमिकतामा राखेर बजेट ल्याएको थियो। रोजगारी प्रवद्र्धन गर्ने जस्ता कार्यक्रम कार्यान्वयन हुन सकेका छैनन्। 


Author

थप समाचार
x