लुम्बिनी

'मलाई जबरजस्ती मुख्यमन्त्री कार्यालय लगेर राखे, शौचालयको चप्पल लाएर भागेँ'

इकागज |
साउन २१, २०७८ बिहीबार १३:४३ बजे

काठमाडौँ - लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी वलीले आफूलाई नेकपा एमाले प्रमुख सचेतक भुमिश्वर ढकाल र नेता मानबहादुर राउतले जबरजस्ती बुटवल पुर्‍याएर मुख्यमन्त्री कार्यालयमा राखेको स्पष्ट पारेकी छन् । बिहीबार माओवादी संसदीय दलको कार्यालयमा मुख्‍यमन्‍त्री कार्यालयमा आफूलाई जबरजस्‍ती हस्‍ताक्षर गर्न लगाएर विज्ञप्‍ति जारी गरिएको उनले बताइन् । आफूलाई थप दुई वटा माइन्‍युटमा समेत हस्ताक्षर गर्न लगाइएको उनको भनाइ छ । मुख्‍यमन्‍त्री कार्यालयमा राखे आफूलाई एमाले बन्‍न दबाब र विभिन्‍न प्रलोभन दिएको समेत खुलाएकी छन् । 

'नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलका नेताहरूबाट एमाले पार्टीमा आउनु पन्यो भनेर बारम्बार दबाव आउन थाल्यो । मैले त्यसलाई निरन्तर ईन्कार गरिरहेँ,' वलीद्वारा जारी विज्ञप्‍तिमा भनिएको छ, 'साउन १५ गते उपचारको लागि नेपालगंज हिड्न लागेको समयमा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भुमीश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावत मेरो घर आउनुभयो। म बिरामी छु उपचारको लागि नेपालगन्ज जादैछु भन्दा उहाँहरूले हामी पनि नेपालगन्ज जाने हो, पुरार्‍याइँ दिन्छौं भन्नुभयो । विश्वास गरी गाडीमा बसेँ । गाडी तुल्सीपुरबाट अमिलिया आएर उहाँहरू खाना खानु भयो । गाडीमा बसियो तर गाडी नेपालगन्ज तिर जानु पर्नेमा एक्कासि बुटवलतिर मोडियो । मैले प्रतिवाद गरेँ । एक पटक मुख्यमन्त्रज्यूलाई भेट्नु पर्‍यो भनेर गाडी नरोकी एकैचोटी बुटवल मुख्यमन्त्री निवासमा पुर्‍याइयो ।'



Author

थप समाचार
x