लुम्बिनी

मुख्‍यमन्‍त्री शंकर पोख्रेलले अविश्‍वास प्रस्तावको सामना गर्ने

बिक्रम खड्का |
साउन २७, २०७८ बुधबार ९:९ बजे

बुटवल - लुम्‍बिनीका मुख्‍मन्‍त्री शंकर पोखरेलले अविश्‍वास प्रस्तावको सामना गर्ने भएका छन् । अविश्‍वास प्रस्‍तावको सामना गर्ने निष्‍कर्षमा मुख्‍यमन्‍त्री पुगेको स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले जानकारी दिए । उनकाअनुसार यसबारे एमाले संसदीय दलको बैठकले थप निर्णय गर्नेछ । सरकारबाट बहिर्गमन निश्चित भएपछि बुधबार बिहानै लुम्बिनी बसेको प्रदेश मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकका लागि सरकारका मन्त्रीहरू बिहानै मुख्यमन्त्री निवास पुगेका थिए। 

मन्त्रिपरिषद बैठकलगत्तै एमाले संसदीय दलको बैठक सुरु भएको छ। संसदीय दलको बैठकले यसबारे निर्णय गर्नेछ । 


८० सदस्यीय रहेको लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार स्पष्ट अल्पमतमा रहेको छ । प्रदेश सभामा नेकपा एमाले माधव नेपाल पक्षसहितका ३८ जना सांसदको मात्रै सरकारलाई समर्थन रहेको छ ।

विपक्षी गठबन्धनमा भने सभामुख बाहेक ४१ जना सांसदको सर्मथन छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ (सभामुख बाहेक), जनता समाजवादी पार्टी (जसपा)का ३ र जनमोर्चाका १ जना सांसद रहेका छन् ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x