लुम्बिनी

पश्‍चिम नवलपरासीमा ओली पक्षले पार्टी कार्यालयमा ताला लगायो

बिक्रम खड्का |
पुस ८, २०७७ बुधबार ९:५२ बजे

पार्टी कार्यालयमा ओली समूहले गरेकव तालाबन्दी । तस्बिर : इकागज

बुटवल : नेकपा पश्चिम नवलपरासीको पार्टी कार्यालयमा तालाबन्दी भएको छ । केपी शर्मा ओली समर्थक युवाहरुले मंगलबार साझ नै परासीमा रहेको जिल्ला कार्यालयमा तालाबन्दी गरेका हुन् । राष्ट्रिय युवा संघ, मदन भण्डारी फाउण्डेशन र मदन भण्डारी स्पोर्टस एकेडेमीका सदस्यहरुले तालाबन्दी गरेर कब्जा गरेका हुन् ।

मदन भण्डारी फाउण्डेशन जिल्ला सचिवालय सदस्य सञ्जित पोखरेलले प्रधानमन्त्रीलाई काम गर्न नदिएर अस्थिरता ल्याएको र पार्टी कार्यालयको सुरक्षाका लागि तालाबन्दी गरेको पोखरेलले बताए । ओली पक्षिय क्षेत्रिय संयोजक थानप्रसाद गैरेले पहिला पनि पार्टी कार्यालयमा आगजनी गरिएकोले सुरुक्षाका लागि युवाहरुले तालबन्दी गरेको हुनसक्ने बताए ।


दुई पार्टी एकीकरण हुँदा पूर्वमाओवादीले जिल्ला अध्यक्ष पाएको थियो । भविश्वर तिवारीको अध्यक्षतामा हाल १ सय ४५ जिल्ला कमिटी छ । गैरेले पार्टी कमिटिमा आफुहरु ८० भन्दा बढी सदस्यको बहुमत रहेको बताएका छन् । तर सो जिल्लामा पार्टी एकतापछि साविक माओवादीले अध्यक्ष पाएको थियो ।

पुष्पकमल दाहाल-माधव नेपाल समूह जिल्लाका नेता अझै प्रष्ट रुपमा विभाजन नभएकोले कसको बहुमत हुन्छ भन्‍ने खुलेको छैन् । तर नवलपरासी पश्मिमा लुम्बिनी प्रदेशका भौतिक विकास मन्त्री वैजनाथ चौधरी कता लाग्‍ने हुन् त्यसमा भर पर्ने आँकलन गरिएको छ । उनी केन्द्रीय समितिका कुनै भेलामा देखिएका छैनन् । केन्द्रमा माधव नेपाल भए पनि जिल्लागत राजनीतिमा उनी महासचिव विष्णु पौडेल नजिक रहेको बुझिएको छ । 
 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x