लुम्बिनी

रुपन्देहीमा महिलाको हत्या

बिक्रम खड्का |
माघ ९, २०७७ शुक्रबार ९:१९ बजे

बुटवल : रुपन्देहीमा फेरि एक महिलाको हत्या भएको छ । मायादेवीमा एक युवकलाई जलाएर हत्या गरेको २४ घण्टा नबित्दै रुपन्देहीकै गैडहवामा एक महिलाको हत्या भएको हो । गैडहवा १ ननउली निवासी ५५ बर्षीया कलावती धोबीको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहका अनुसार ननउली गाँउ नजिकै तोरी बारीमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको थियो । शरिरमा धारिलो हतियार प्रहार गरिएको चोट रहेका आधारमा प्रारम्भिक अनुसन्धानले हत्या नै भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रविण पोख्रेलले बताए । मृतक धोबीको शव भीम अस्पताल भैरहवामा पोष्टमार्टम गराईएको छ । 


 

मृत्तक उनी घरबाट साझ पाँच बजे निस्केपछि राति अबेरसम्म नफर्किएपछि आफन्तले खोज तलास गर्दा तोरीबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या कसले गरेको हो ? भन्ने खुलेको छैन । यसअघि हिजो मात्रै शरीरमा आगो लगाएर हत्या गरेको अवस्थामा एक युवकको शव भेटिएको थियो । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x