कर्णाली

सल्यानमा घाँस काट्न गएकी महिलाको बीभत्स हत्या

इकागज |
साउन २१, २०८० आइतबार १६:२४ बजे

फाइल फोटो

सुर्खेत - सल्यानमा एक महिलाको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । घरबाट घाँस काट्न गएकी ती महिलाको घाँटी रेटेको अवस्थामा मकै बारीमा शव फेला परेको छ ।

शारदा नगरपालिका १४ ढारखानीका ४७ वर्षिया उर्मीला गिरीको मकै बारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आज बिहान सात बजे घाँस काट्न गएकी गिरीको मकै बारीमा हत्या गरिएको अवस्थामा शव भेटिएको हो । बिहान १० बजेतिर वीभत्स अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख सन्तोष खनालले  जानकारी दिए ।


उनका अनुसार घटनाको प्रकृति हेर्दा घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । ‘म अहिले घटनास्थलबाट फर्किदै छु, यसबारे थप अनुसन्धान सुरु गरिएको छ,’ खनालले भने, ‘वीभत्स अवस्थामा घाँटी रेटेर हत्या गरिएको छ, अनुसन्धानका लागि प्रहरी गम्भीर भएर लागेको छ ।’ शव लाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको खनालले बताए । 


Author

थप समाचार
x