कर्णाली

कर्णालीमा प्रहरी सेवा विधेयक ल्याइँदै

इकागज |
साउन २९, २०८० सोमबार १८:१७ बजे

सुर्खेत- कर्णालीमा प्रहरी सेवा सम्बन्धी विधेयक ल्याउन लागिएको छ । यसका लागि कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा टेबुल भएको छ । सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले सोमबार बसेको ३० औं बैठकमा उक्त विधेयक पेस गरेका हुन् ।

कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम १११ को उपनियम ३ बमोजिम जिसीले सभा समक्ष टेबुल गरेका हुन् । शान्ति सुरक्षा कायम गर्दै अपराधको अनुसन्धान रोकथाम र नियन्त्रण मार्फत संविधान प्रदत्त हक मौलिक हक र मानव अधिकारको संरक्षण तथा संवर्द्धन र नागरिक स्वतन्त्रताको रक्षा गर्न प्रदेश प्रहरीको गठन सुपरिवेक्षण समन्वय व्यवस्थापन र नियमनका लागि कानुनी व्यवस्था गर्न आवश्यक भएकोले विधेयक ल्याइएको मन्त्री जिसीले बताए ।


सभामा टेबुल हुनुपूर्व सभामा पेस गर्न मन्त्री जिसीले अनुमति मागेका थिए । सभाको सर्वसहमतिले अनुमति प्रस्ताव पारित गरेको थियो । विधेयक सभाबाट पारित भई प्रदेश प्रमुखद्वारा प्रमाणित भएमा कर्णाली प्रदेशको प्रहरी सम्बन्धी ऐन बन्नेछ । प्रदेश सभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।


Author

थप समाचार
x