कर्णाली

कर्णाली प्रदेशमा तीन वर्षमा करिब ७९ किलोमिटर सडक कालोपत्रे

इकागज |
भदौ २४, २०८० आइतबार १४:९ बजे

जाजरकोट । तीन आर्थिक वर्षमा कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले करिव ७९ किलोमिटर सडक कालोपत्र गरेको छ । दस जिल्लाको सडक कालोपत्रेसम्बन्धी समीक्षा कार्यक्रममा ७८ किलोमिटर ९५ मिटर सडक कालोपत्र भएको मन्त्रालयले जनाएको हो ।

आव २०७७-७८ मा ३३.०२ किलोमिटर, २०७८-७९ मा १५.९० किलोमिटर र २०७९-८० मा ३०.०३ सडक कालोपत्रे भएको मन्त्रालयका सूचना अधिकारी रमेश सुवेदीले बताए । त्यस्तै दस जिल्लामा मन्त्रालयले ४३४.०१ किलोमिटर सडक ग्राभेल गरिएको जनाएको छ ।    


आव २०७७-७८ मा २००.६ किलोमिटर, २०७८-७९ मा ११३.१० किलोमिटर र आव २०७९-८० मा १२०.३ गरी जम्मा ४३४.०१ किलोमिटर सडक ग्राभेल भएको थियो । त्यस्तै आव २०७७-७८ मा १२११.८७ किलोमिटर, २०७८-७९ मा ५८९.१३ किलोमिटर र २०७९-८० मा ६२३.१ किलोमिटर गरी दुई हजार ४२४.११ किलोमिटर कच्ची सडक कटान गरिएको मन्त्रालयले जनाएको छ । सडकको स्तरोन्नति र नाला निर्माणको कामसमेत भएको छ । आव २०७७-७८ मा ४५.६५ किलोमिटर, आर्थिक वर्ष २०७८-७९ मा ४१.३८ किलोमिटर र आव २०७९-८० मा १२९.२५ गरी जम्मा २१६.२८ किलोमिटर स्तरोन्नति र नाला निर्माण भएको बताएको थियो ।    
    
त्यस्तै तीन आर्थिक वर्षमा मन्त्रालयले दस जिल्लामा ५५ वटा झोलुङ्गे पुल निर्माण र २२ वटा पक्की पुल निर्माण गरिएको बताएको छ । जनता आवास ( सङ्घ) बाट तीन आर्थिक वर्षमा दुईहजार चारसय ८९ वटा घर निर्माण भएका थिए भने प्रदेशबाट जनता आवास कार्यक्रममार्फत दुई सय ९१ वटा घर निर्माण गरिएको थियो । विपन्नको घर निर्माण कार्यक्रमअन्तरर्गत प्रदेशभर दुई सय ४१ वटा घर निर्माण गरिएको थियो । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट प्रदेशभर एक सय ७९ वटा भवन, ९९ वटा सडक, सात वटा विद्युतीय संरचना, ३९ तटबन्ध र बाध, ६८ सिँचाइ आयोजना, ४१ खानेपानी योजना निर्माण भएको मन्त्रालयले जनाएको छ ।
    
चालु आर्थिक वर्षमा मुगु ,हुम्ला र डोल्पा जिल्लामा सडक कालोपत्रे गरिएको छैन । सुर्खेतले १५.९५ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ ।
    
त्यस्तै दैलेखले पाँच किलोमिटर ९९ मिटर सडक कालोपत्रे गरेको जनाएको छ । जुम्लामा दुई किलोमिटर , सल्यानमा दुई किलोमिटर, रुकुम पश्चिममा तीन किलोमिटर सडक कालोपत्र गरिएको थियो ।    
प्रदेशको यातायात कार्यालयमा ३०२ वटा मिनिबस, ट्रक दर्ता गरिएकामा ती सबै सवारीसाधन सुर्खेतमा मात्र दर्ता भएका थिए।    
    
त्रिसठ्ठी वटा सुर्खेतमा र चौरजहारीमा दुईवटा गरी ६५ वटा ट्याक्टर दर्ता गरिएको र जिप, कार माइक्रोबस मध्ये एक सय वटा १८ सुर्खेतमा, तीन वटा जुम्लामा र चौरजहारीमा १० वटा गरी जम्मा एक सय ३१ वटा सवारी साधान दर्ता भएका छन् । त्यस्तै ट्याम्पु र रिक्सा तीन सय ९२मध्ये सुर्खेतमा तीन सय ७०, चौरजहारीमा एक र जुम्लामा २१ वटा दर्ता भएको मन्त्रालयले जनाएको छ ।    

सबैभन्दा बढी यो प्रदेशमा मोटरसाइकल र स्कुटर दत्र्ता भएको पाइएको छ । सुर्खेतमा दुई हजार एक सय १३ , जुम्लामा चार सय चार र चौरजहारीमा ७० गरी दुई हजार पाँच सय ८७ वटा मोटरसाइकल र स्कुटर दत्र्ता भएको पाइएको छ ।    


Author

थप समाचार
x