कर्णाली

कर्णाली एमाले अधिवेशन : किन सुरु भएन मतगणना ?

इकागज |
असोज १५, २०८० सोमबार ९:४७ बजे

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन अन्तर्गत गत मतगणनाको काम अझै सुरु भएको छैन ।

प्रदेशको नयाँ  नेतृत्व चयनका लागि भएको मतदानको आज बिहान ८ बजे सुरु हुने भनिएको मत गणना अहिलेसम्म पनि सुरु हुन सकेको छैन् । आइतबार ढिला सुरू भएको मतदान राति ९ बजे सकिएको थियो । त्यसकारण आज बिहान ८ बजेदेखि मत गणना सुरू गर्ने भनिएपनि अहिलेसम्म पनि मतगणना सुरु नभएको प्रमुख निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।


उनले अहिले बैठक बसिरहेको र अबको केही मिनेटमै मतगणना सुरु गर्ने बताए । आइतबार ६१६ जना मतदातामध्ये ६०९ जनाले मतदान गरेका थिए ।
 


Author

थप समाचार
x