कर्णाली

एमाले कर्णाली अध्यक्षमा गुलाबजंगको अग्रता, कसको मत कति ?

इकागज |
असोज १५, २०८० सोमबार १५:५३ बजे

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणना जारी रहेको छ । अध्यक्षका लागि तीन जना चुनावी मैदानमा भिडेका थिए । अहिले अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहले सुरुआती अग्रता लिएका छन् । उनलाई मीनबहादुर शाहीले पछ्याइरहेका छन् ।

हालसम्म ९२ मत गनिएको छ । गुलाबजंगले ५२ मत पाउँदा मीनबहादुरको नाममा ३८ मत परेको छ । अर्का उम्मेदवार प्रकाश रोकायाको दुई मत ल्याएका छन् ।यस्तै, उपाध्यक्ष पदका उम्मेदवार टेकराज पछाई ४६, लालबहादुर महतारा ३३ र दानसिंह परिवारले ११ मत प्राप्त गरेका छन् । 


यस्तै, सचिव पदका उम्मेदवार ध्रुवबहादुर शाहीले ६५मत पाउँदा उनका प्रतिद्वन्द्वी रूद्रबहादुर शाहीले २७ मत पाएक छन् । उपसचिवमा रवीन्द्रराज शर्माले ३८, रमेश वहादुर शाहीले ३१, पद्मा खड्का २३ र मेनका पछाईले १८ मत पाएका छन् ।

आइतबार भएको मतदानको मतगणना सोमबार ढिला गरी भएको हो । आइतबार ६१६ जना मतदातामध्ये ६०९ जनाले मतदान गरेका थिए ।
 


Author

थप समाचार
x