कर्णाली

एमाले कर्णाली प्रदेशको मतगणना : अध्यक्षमा शाहको अग्रता कायमै

इकागज |
असोज १५, २०८० सोमबार १७:२९ बजे

सुर्खेत- नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणना जारी रहेको छ ।

मतगणनामा दुई सय मत गन्दा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहको अग्रता कायमै रहेको छ । दुई सय मतगणना गर्दा शाहले एक सय २१ मतसहित अग्रता लिइरहेका छन् भने अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ६५ मत पाएका छन् । त्यस्तै उपाध्यक्षका उम्मेदवार  टेकराज पछाइले एक सय ८ मतसहित अग्रता लिइरहेका छन् भने उपाध्यक्षका अर्का उम्मेदवार लालबहादुर महतराले ५९ मत पाएका छन् ।


त्यसैगरी सचिव पदका उम्मेदवार ध्रुव शाहीले एक सय ३७ मतसहित अग्रता लिइरहेका छन् भने सचिवका अर्का उम्मेदवार रुद्र शाहीले ५१ मत पाएका छन् । एमाले कर्णाली अधिवेशन अन्तर्गत आइतबार भएको मतदानको आज दिउँसोबाट मतगणना सुरु भएको हो ।


Author

थप समाचार
x