कर्णाली

एमाले कर्णाली प्रदेशको मतगणना : पाँच सय मत गन्दा कसले कति प्राप्त गरे ?

इकागज |
असोज १५, २०८० सोमबार २०:३ बजे

सुर्खेत- नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणना जारी रहेको छ । अहिलेसम्मको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजंग शाहको अग्रता कायमै छ ।
पाँच सय मतगणना हुँदा शाहले तीन सय १० मतसहित अग्रता कायम गरिरहेका छन् भने अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले एक सय ६४ मत प्राप्त गरेका छन् । 

यस्तै उपाध्यक्षका उम्मेदवार टेकराज पछाइले दुई सय ८५ मत प्राप्त गरेर अग्रता लिएका छन् भने उपाध्यक्षका अर्का दुई उम्मेदवार लालबहादुर महतराले एक सय ४३ मत प्राप्त गरेका छन् । 


त्यसैगरी सचिव पदका उम्मेदवार ध्रुव शाहीले तीन सय ३९ मतसहित अग्रता लिइरहेका छन् भने सचिवका अर्का उम्मेदवार रुद्र शाहीले एक सय ३३ मत पाएका छन् ।


Author

थप समाचार
x