कर्णाली

कर्णाली नदीमा बेपत्तामध्ये एक महिलाको शव भेटियो

लक्ष्मी भण्डारी |
साउन १७, २०७८ आइतबार १५:१६ बजे

फाइल फोटो

सुर्खेत - बच्चालाई नियमित खोप लगाउन डुंगाबाट नदी पार गर्ने क्रममा कर्णाली नदीमा दुई महिला बेपत्ता भएका छन् । सुर्खेत र कैलालीको सिमाना कर्णाली नदीको भेलले डुंगा पल्टिएको हो । डुंगा पल्टिदा डुंगामा सवार गर्भवती तथा बच्चालाई खोप लगाउन आएका महिला बेपत्ता भएका हुन् । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका आउनेक्रममा कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा डुंगामा सवार आमा र बच्चा बेपत्ता भएका हुन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

पल्टिएको डुंगामा आठ जनासम्म सवार रहेको जानकारी आएको चौकुने स्वास्थ्यचौकीका प्रमुख गगन पाण्डेले बताए । ‘गाउँपालिकाको बिजौरास्थित स्वास्थ्य चौकीमा नियमित खोपको लागि आएको थिए, म पनि यही नदीको किनारमा छु’ स्वास्थ्य शाखाका प्रमुख पाण्डेले भने, ‘एक जनाको शव किनारामा राखिएको छ ।’ 


नदीबाट एक जना बच्चालाई उद्दार गरी स्वास्थ्य चौकी पठाइएको पाण्डेले बताए । बच्चाको अवस्था पनि गम्भीर रहेको उनले जानकारी दिए । उनले घाइतेहरुको उद्धार गर्न कठिनाई भइरहेको बताए । विजौरास्थित प्रहरी चौकीबाट प्रहरीहरु घटनास्थलतर्फ पुगेका छन् । सो डुंगामा  खोप लगाउने आमा र बच्चालाई स्वास्थ्यचौकी पु¥याएर अर्काे खेपमा आमा र बच्चालाई लिएर आउँदा डुंगा पल्टिएको हो । पहिलो लटमा आएका बच्चा र गर्भवती आमाले खोप लगाइसकेका थिए । 

हरेक महिना करिब १५ देखि २० जनासम्म आमा र बच्चाहरु सुर्खेतको बिजौरामा रहेको स्वास्थ्यचौकीमा खोप लगाउन आउने गर्दछन् । नजिकमा पुल नभएका कारण स्वास्थ्य सुविधा लिन मात्र होइन बालबालिका पनि जोखिम मोलेरै विद्यालय आउने गरेको उनले जानकारी दिए । ‘त्यहाँ नजिकमा पायक पर्ने गरी पुल बनेका छैनन्’ पाण्डेले भने, ‘पुल नभएका कारण बच्चालाई खोप लगाउन डुंगा चढेरै आउने गरेका छन् ।’ 
 


Author

थप समाचार
x