कर्णाली

कर्णालीका तीन मन्त्री पदमुक्त हुँदै, तीनै मन्त्रालयमा नेकपा एसको दाबी

लक्ष्मी भण्डारी |
कात्तिक १५, २०७८ सोमबार १२:३५ बजे

सुर्खेत- कर्णालीमा नेकपा एकीकृत समाजवादी (एस) का तीन मन्त्रीहरु आजदेखि स्वतः पदमुक्त हुँदैछन् ।  रिक्त हुन लागेको उक्त मन्त्रालयमा सोही पार्टीकै तीन मन्त्रीलाई पठाउने निर्णय भएको छ । एकीकृत समाजवादीको प्रदेश स्तरीय कार्यसमितिको बैठकले पार्टीकै तीन जनालाई मन्त्रालयको जिम्मा दिने निर्णय गरेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य एंव सांसद देवी वलीले जानकारी दिइन् । 

सरकारमा रहेका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि आज सोमबार देखि समाप्त हुँदैछ । सोमबार स्वतः पदमुक्त हुने उनीहरुको ठाउँमा तीन सांसदहरु देवी ओली, पदमबहादुर रोकाया र चन्द्रबहादुर शाही आकाक्षी देखिएका छन् ।  


‘आज सोमबारदेखि तीन मन्त्रीहरु स्वतः पदमुक्त हुनुहुन्छ र हाम्रो पार्टीले तीनवटा मन्त्रालय कुनै हालतमा पनि नछाड्ने निर्णय गरिसकेको छ’ वलीले भनिन्, ‘यसको लागि गठबन्धनले निर्णय गरेपछि कसले कुन मन्त्रालय सम्हाल्ने टुंगो लाग्छ ।’ यद्यपि अहिले मन्त्रीका आकाक्षींहरुले गठबन्धनको निर्णय कुरेका छन् ।  गठबन्धनले नै निर्णय गर्नुपर्ने हुनाले मन्त्रिपरिषद् विस्तारको काम तिहारपछि सर्न सक्ने सम्भावना रहेको वलीले जानरी दिइन् । 


 


Author

थप समाचार
x