कर्णाली

कर्णालीमा मन्त्रिपरिषद् विस्तारमा सकस

लक्ष्मी भण्डारी |
माघ २२, २०७८ शनिबार १२:२२ बजे

सुर्खेत - कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । तर सत्ता साझेदार दल समाजवादीले भने मन्त्रालयको भागवण्डामा असन्तुष्टि जनाउँदा मन्त्रीपरिषद् विस्तार गर्न सकस हुने देखिएको छ । 

तीन मन्त्रालयको दाबी गरेको समाजवादीलाई दुई मन्त्रालयमा थन्क्याउन खोजिएको भन्दै असन्तुष्टि जनाएको छ । गत वैशाख तीन गते फ्लोर क्रस गरेर तत्कालीन सरकार जोगाएको एकीकृत समाजवादी आफ्नो बलिदानीको मुल्यांकनगरी तीन मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । आठवटा मन्त्रालय रहेको कर्णालीमा केन्द्रीय नेतृत्वको सहमतिमा माओवादीले तीन काँग्रेसले मुख्यमन्त्रीसहित तीन र समाजवादीलाई दुई मन्त्रालय दिने सहमति गरेपछि समाजवादी कर्णाली प्रदेशले असन्तुष्टि जनाएको हो ।


आइतबार नै मन्त्रालय विस्तार हुन समस्या देखिएको एकीकृत समाजवादीका केन्द्रय सदस्य एंव प्रदेशसभा सांसद देवी वलीले बताइन् । ‘आइतबार मन्त्रिपरिषद् विस्तार हुँदैन । हाम्रोबाट त टुंगिएकै छैन’ इकागजसँग कुरा गर्दै वलीले भनिन्, ‘हाम्रा चार/चार जनाले बलिदानी गरेर पो मुख्यमन्त्री र मन्त्री हुन पाएका हुन् ।’ 

समाजवादीका नेता एंव प्रदेशसभा सांसद अम्मरबहादुर थापाले पनि आफूहरूले तीन मन्त्रालयको दाबी गरेको बताए । ‘केन्द्रबाट दुईवटा मन्त्रालय भन्ने आएको छ । यसको लागि छलफल गर्न माथि बोलाएका छन्’ थापाले भने, ‘यहाँ त्यागको केही मुल्यांकन नहुने भएकाले  विग्रको छ नेपालमा ।’  थापाले काम गर्ने मान्छेलाई अपमान गर्ने प्रचलन रहेको बताए । गठबन्धनले वाइपास गरेको उनको आरोप छ । 


Author

थप समाचार
x