कर्णाली

कर्णाली उत्सवमा यस वर्ष पनि साइकल र्‍याली हुँदै

इकागज |
फागुन १९, २०७७ बुधबार ९:६ बजे

काठमाडौँ : कर्णाली उत्सवको दोस्रो संस्करण अर्थात यस वर्ष पनि साइकल र्‍याली गरिने भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा हुने कर्णाली उत्सवको दोस्रो संस्करणमा फागुन २६ गते बिहान साइकल र्‍याली गरिने भएको हो । 

कर्णाली उत्सव आयोजक समितिका सदस्य समेत रहेका लेखक तथा साइकल यात्री माधव चौलागाईले यस वर्ष पनि साइकल र्‍याली गरिने जानकारी दिए । यसका लागि नेपालगञ्जबाट समेत साइकल यात्री बोलाइएको उनले जानकारी दिए ।


‘सुर्खेतको वीरेन्द्रनगर साइकलमैत्री सहर छ । तर संस्कृति अझै बढाउनुपर्नेछ’ उनले भने, ‘यसका लागि यस वर्ष पनि कर्णाली उत्सव उद्घाटनको दिन साइकल र्‍याली गर्नेछौ ।’
 
उनका अनुसार नेपालगञ्ज साइक्लिङ क्लबका साइकल यात्री पनि कर्णाली उत्सवको उद्घाटन दिनको बिहान साइकल यात्रामा सहभागि हुनेछन् । सुर्खेतको वीरेन्द्रनगर साइकलमैत्री सहर भएपनि साइकल चढ्ने संस्कृति बढाउनका लागि गएको वर्षदेखि कर्णाली उत्सवमा साइकल र्‍याली गर्न थालिएको हो । 

ऋति फाउण्डेसनको संयोजन र कर्णाली प्रदेश सरकारको मूल प्रायोजनमा हुने कर्णाली उत्सवको दोस्रो संस्करण फागुन २६ देखि सुरु हुदैछ । २६ गते उद्घाटन सत्र भएपनि २७, २८ र २९ गते छलफल सत्र सञ्चालन हुनेछन् ।

उत्सवको दिन नजिकै आउँदै गर्दा तयारी तीव्र पारिएको कर्णाली उत्सव आयोजक समितिका संयोजक तथा ऋति फाउण्डेसनका अध्यक्ष कमल लम्सालले बताए ।

‘उत्सवका लागि वक्ता छनौट गर्ने, उनीहरुको पोस्टर सार्वजनिक गर्नेदेखि मञ्च तयार पार्ने काम गरिरहेका छौँ’ उनले थप अगाडि भने, ‘आर्थिक र संरचना व्यवस्थापनको काम पनि तीव्र गतिमा भइरहेको छ ।
 


Author

थप समाचार
x