कर्णाली

कर्णालीमा कति दलले चुनावमा प्रतिष्पर्धा गर्दैछन् ?

लक्ष्मी भण्डारी |
चैत २५, २०७८ शुक्रबार १६:५४ बजे

सुर्खेत– कर्णाली प्रदेशबाट निर्वाचनमा भाग लिने दलहरुको संख्या अन्य प्रदेशको तुलनामा न्यून देखिएको छ । कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम दलले निर्वाचनमा भाग लिदैछन् । सुर्खेतमा विभिन्न २५ दल र डोल्पामा पाँच दलले प्रतिस्पर्धा गर्ने भएका हुन् । सुर्खेतमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त दल र १९ वटा साना दलहरु गरी २५ दलले निर्वाचनमा भाग लिने भएको निर्वाचन आयोग प्रदेश कार्यालयले जनाएको छ । 

राष्ट्रिय मान्यता प्राप्त नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालसहित दलले निर्वाचनमा भाग लिने भएका हुन् ।


अघिल्लो निर्वाचनमा स्वतन्त्रबाट पाँच जनासहित नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मात्र चुनाव जितेको थिए ।

डोल्पामा राष्ट्रिय मान्यता प्राप्तसहित अन्य ६ दल गरेर ११ दलले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । कर्णालीका अन्य जिल्लाहरुमा रुकुमपश्चिम र सल्यानमा १२–१२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालीकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गा चालिसेले जानकारी दिए । उल्लेखित दलहरुले मात्रै निर्वाचनमा चुनाव चिन्ह पाउने छन् । बाँकीले भने अन्य दलको चुनाव चिन्हमा निर्वाचन लड्नुपर्ने छ ।

यस्तै कर्णाली प्रदेशमा दश जना निर्वाचन अघिकृतहरु फेरिएका छन् । यसअघिका निर्वाचन अधिकृतरुलाई हटाउँदै सरकारले नयाँ निर्वाचन अधिकृत खटाएको हो । जसअनुसार सल्यानको कुमाख र त्रिवेणी गाउँपालिका, कालीकोटको नरहरिनाथ, पलाता र सान्नीत्रिवेणी गाउँपालिका, हुम्लाको ताँजाकोट र सर्केगाड गाउँपालिका, जाजरकोटको कुसे र जुनीचाँदे गाउँपालिका र दैलेखको ठाटीकाँध गाउँपालिकामा नयाँ निर्वाचन अधिकृत खटाएको हो ।


Author

थप समाचार
x