कर्णाली

यसरी देशभरकै स्थानीय तहमध्ये उत्कृष्टमा तेस्रो भयो गुर्भाकोट

लक्ष्मी भण्डारी |
चैत ३०, २०७८ बुधबार १५:३ बजे

सुर्खेत- देशभरकै सात सय ५३ स्थानीय तहहरुमध्ये सुर्खेतको गुर्भाकोट नगरपालिका उत्कृष्ट तेस्रो स्थानमा पर्न सफल भएको छ । यसरी देशभरकै उत्कृष्ट नगरपालिकामा पर्न सफल यस नगरपालिका कर्णाली प्रदेशकै पहिलो नगरपालिका हो । 

कार्यक्रममा विकास निमार्णको काम, शुसासन, पारदर्शीता, सुचनाको हक, वातावरणीय पक्ष लगायतको कामलाई सुक्ष्म अध्ययन गरि विभिन्न सूचाङ्कको आधारमा देशभरिकै नगरपालिका मध्य उत्कृष्ट भएको छ । धादिङको नीलकण्ठ नगरपालिका स्व–मुल्याङ्कन पद्धतिमा पहिलो भएको छ । 
गुर्भाकोट नगरपालिकाको सुशासन, पारदर्शिता, सार्वजनिक सेवा, न्यायिक कार्यसम्पादनलगायतका स्वमूल्यांकनका १० वटा विषय क्षेत्र र तीन वटा सूचक निर्धारण गरिएको थियो । यही विषय र सूचंकको आधारमा गुर्भाकोट उत्कृष्ट नगरपालिकामा पर्न सफल भएको छ । 


कसरी उत्कृष्ट भयो ? 

सामान्य संरचनासहितको भवनबाट नै आफ्ना प्रशासनिक काम सञ्चालन गर्दै आएको नगरपालिका विकास निर्माण तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ । समयमै आफ्ना कामहरु सञ्चालन गर्दै आउनुका साथै सुशासनलाई मुख्य रुपमा जोड दिदै आएको नगरप्रमुख हस्तबहादुर पुनले बताए । 

‘स्थानीय तहहरुमध्ये संस्थागत क्षमता मुल्यांकनमा देशभरीकै स्थानीय तहमध्ये उत्कृष्ट तेस्रो स्थानमा पर्न सफल भएको छ’ नगरप्रमुख पुनले भने, ‘हाम्रा हरेक काम पारदर्शि छ, त्यसकारणले गुर्भाकोट उत्कृष्ट भएको हो ।’ नगरपािलिका उत्कृष्ट हुनु भनेको  नगरको गौरवको कुरा भएको उनको भनाई छ । ‘हामीले समयमै वार्षिक बजेट बनायौ, यहाँको वित्तीय व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, सामाजिक समावेशीकरण पारदर्शिता लागयतका विभिन्न विषयमा  गरेका कामलाई मूल्यांकन गरिएको थियो’ नगरप्रमुख पुनले भने, ‘यी विषयहरुमा नगरपालिकाले गरेका काम उत्कृष्ट देखिएका छन् ।’ 

२०७४ मा गुर्भाकोटका जनप्रतिनिधि निर्र्वाँचित भएपछि सडक निर्माण , खानेपानी निर्माणजस्ता विकासनिर्माणका कामदेखि सामाजिक समावेशिकरणका विषयमा उत्कृष्ट कामहरु भएको समाजसेवी किरण वली बताउँछन् । ‘पाँच वर्षको अवधिमा पूर्वाधारदेखि अन्य क्षेत्रमा राम्रा कामहरु भएका छन्’ वली भन्छन्, ‘पाँच वर्षको अवधिमा गुर्भाकोटले विकासमा फड्को मारिसकेको छ ।’

खानेपानीको चरम संकट खेप्दै आएका गुर्भाकोटबासीहरु अहिले घर घरमा धारा पुगेपछि हर्षित भएका छन् । त्यसैगरी महिला सशक्तिकरणका क्षेत्रमा पनि विभिन कामहरु भएका छन् । उद्यमीहरु उत्पादन गर्नुका साथै व्यवसायिक ततालिम सञ्चालन गरि व्यवसायमा लागेको ढाका बुनाई सीप सिकेर व्यवसाय सञ्चालन गर्दै आएकी गौमाया खत्री बताउँछिन् । ढाका बुनाईसँगै सिलाइकटाई, अटो व्यसायीको तालिम समेत लिएका छन् । 
 


Author

थप समाचार
x