सुदूरपश्चिम

दार्चुलाको बंगाबगडमा बाढी, डेढ दर्जन घर बगे

इकागज |
भदौ २५, २०७९ शनिबार ७:१९ बजे

कैलाली- गएरातिदेखिको अविरल वर्षाका कारण दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा ठूलो क्षति भएको छ ।

स्थानीयहरूका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन् । लास्कु खोलाको बीचमा फसेका एक जना व्यक्तिको सुरक्षाकर्मीले उद्दार गरेका छन् ।


बाढीले केही घर र पुल बगाएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनास्थलमा उद्दार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । 

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए ।


Author

थप समाचार
x