सुदूरपश्चिम

स्वकीय सचिवले टिकट पाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट चुनावी मैदानबाट बाहिरिए

दीपक उपाध्याय |
असोज २३, २०७९ आइतबार १२:३१ बजे

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट चुनावी मैदानबाट बाहिरिएका छन् । एक मात्रै प्रतिनिधी सभा निर्वाचन क्षेत्र रहेको उनको निर्वाचन क्षेत्र डोटी ‘ख’ प्रदेशबाट उनका प्रमुख स्वकीय सचिव शिबसिंह वलीले टिकट पाएपछि भट्ट बाहिरिएका हुन ।

मुख्यमन्त्री भट्टको निर्वाचन क्षेत्रबाट शिबसिंह वली लड्ने नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरी चौधरी उत्सवले जानकारी दिए । अहिले निर्वाचन लड्ने ओली मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव हुन् ।


नेकपा माओवादी केन्द्र डोटी बाट प्रतिनिधी सभा सदस्यका लागी भट्टको दावी थियो । तर, सत्तागठबन्धनको सिट बाँडफाटमा एकीकृत समाजवादीको भागमा परेपछि प्रदेश मै भएपनि लड्ने चाहना बनाएका भट्ट टिकट नपाउँदा खिन्न छन ।  

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक पटक फेरी प्रदेशमा दोहरिन भनेका भट्टले प्रदेश सभामा टीकट नै पाएनन् । टिकट नपाएको बिषयमा मुख्यमन्त्री भट्टसँग जिज्ञासा राख्दा उनले यस विषयमा पार्टीलाई सोध्नुस् भन्दै फोन काटे ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x