सुदूरपश्चिम

फेसबुकमा युवकसँगकाे फाेटाे राख्दै ‘रोकेर बस्नु है म पनि आउँछु’ लेखेर संसार छाडिन् किशाेरीले

इकागज |
असोज १३, २०८० शनिबार १३:२२ बजे

कञ्चनपुर । कञ्चनपुरमा एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्। कञ्चनपुरको महेन्द्रनगर भगतपुर बनदेबी टोल बस्ने हेमा खड्का मृत फेला परेकी हुन्। 

दोधारा चाँदनी नगरपालिका–८ धामी टोलकी खड्का कोठामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 


शव फेला पर्नुभन्दा केही घण्टाअघि उनले सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँगको तस्बिर राख्दै ‘रोकेर बस्नु है म पनि आउँछु’ लेखेकी थिइन्। घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।


Author

थप समाचार
x