सुदूरपश्चिम

विङ्गर र अटो ठोक्किँदा ३ जनाको मृत्यु, ४ घाइते

इकागज |
भदौ १९, २०७८ शनिबार ७:१५ बजे

कैलाली - शुक्रबार राति विङ्गर र अटो एकआपसमा ठोक्किएर भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । गौरीगंगा नगरपालिका-४ राजिपुरस्थित पूर्व पश्चिम रार्जमार्गमा पश्चिमबाट पूर्वतर्फ गईरहेको म १ ज ३१९ नम्बरको विङ्गर र पूर्वबाट पश्चिमतर्फ आउदै गरेको से १ ह २५१० नम्बरको अटो राति करिब ११ बजे तिर एक आपसमा ठोकिइ दुर्घटना हुँदा अटोमा सवार ३ जनाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले अटोमा सवार ७ जना घाइतेलाई तत्काल उपचारका लागि सेति प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा घोडाघोडी नगरपालिकी ९ बस्ने वर्ष २४ को युवराज चौधरी, सोही ठाउँका वर्ष २६ को भिगम चौधरी र वर्ष १९ को जितेन चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।


त्यस्तै घाइते हुनेमा घोडाघोडी नगरपालिका ९ बस्ने वर्ष २४ को दिपेन्द्र चौधरी, सोही ठाउका अइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । ठक्कर दिने विङ्गरका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक भने दुर्घटनापछि फरार रहेको र उनको खोजीकार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।


Author

थप समाचार
x