सुदूरपश्चिम

बुद्ध एयरकाे धनगढी-पोखरा उडान सुरु

इकागज |
फागुन १८, २०७८ बुधबार १५:७ बजे

कैलाली - आजदेखि कैलालीको धनगढीदेखि पोखरा उडान सुरु भएको छ। बुद्ध एयरले पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु गरेको हो।

पोखराबाट धनगढी आइपुगेको बुद्ध एयरका पाइलट र यात्रुहरूलाई कैलाली उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, नाटा सुदुरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्ट लगायतले धनगढी बिमानस्थमा स्वागत गरेका थिए ।


बुद्ध एयर धनगढीका प्रमुख बुधराम चौधरीले आज देखि धनगढी–पोखरा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने बताए।

सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटकीय व्यवसायीहरुले धनगढी–पोखरा हवाई उडान सुरु हुन लागेपछि खुशी ब्यक्त गर्दै प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षा गरेको बताएका छ्न ।


Author

थप समाचार
x