सूचना-प्रवधि

विश्वमा सबैभन्दा धेरै कमाउने एप टिकटक : यी १० एपले कति कमायो ?

इकागज |
चैत २०, २०८० मंगलबार १२:५० बजे

काठमाडौँ- अमेरिकी संसद्‌मा निरन्तर आलोचना हुने गरेको र भारतमा प्रतिबन्धित हुनुका साथै चीनमा प्रयोग पनि गर्न नपाइने एप टिकटकको मासिक कारोबार अरू एपसँगको तुलनामा लगातार १५ महिना अग्रस्थानमा रहन सफल भएको छ ।

मोबाइल एपको प्रयोग सम्बन्धि सर्वेक्षण गर्ने कम्पनी एप फिगरका अनुसार फेब्रुअरीमा टिकटकको कारोबार १९ करोड डलर थियो भने दोस्रो नम्बरमा युट्युबको ११ करोड डलर रहेको थियो ।


एप फिगरका अनुसार टिकटकको आम्दानीका दुई वटा  स्रोत छन् । एउटा विज्ञापन हो भने अर्को  इन-एप खरिदहरू हो । जहाँ प्रयोगकर्ताहरूले लगभग  ०.०२ डलरमा एक सिक्का खरिद गर्छन् (न्यूनतम खरिद एक पटकमा ६५ सिक्का रहेको छ ) । यी सिक्काहरू लाइभ स्ट्रिमहरूको समयमा सिर्जनाकर्ताहरूलाई सुझाव दिन र हेराइहरू बढाउनलगायत व्यक्तिगत पोस्टहरूलाई बढावा दिन प्रयोग गर्न सकिन्छ ।

टिकटकले आफ्नो  सिक्कालाई प्रयोगकर्ताहरुका माझ लामो समयदेखि फेसबुक, एक्स (पहिले ट्‌वीटर), स्न्याप र इन्स्टाग्रामका सिक्काभन्दा धेरै प्रभावकारी रूपमा  प्रयोग गराउन सफल भएको मानिन्छ ।  

एप फिगरका अनुसार फेब्रुअरी २०२४ मा  एप स्टोर र गुगल प्लेमा भएको कारोबारका आधारमा ठूला १० येपहरू  निम्नानुसार रहेका छन् । 

Tiktok- १८ करोड डलर 
Youtubek- ११.१  करोड डलर 
Disney+- १०  करोड डलर 
Tinder- ८.५ करोड डलर 
Max (HBO)- ५ करोड डलर 
LinkedIn- ३.९ करोड डलर 
Bumble- ३.९ करोड डलर 
Hulu- ३. ४ करोड डलर 
Peacock TV- ३.३ करोड डलर 
Audible- ३.३ करोड डलर


Author

थप समाचार
x