सूचना-प्रवधि

यसरी कमाउन सकिन्छ ‘गुगल एडसेन्स’ बाट पैसा

इकागज |
भदौ २१, २०७८ सोमबार ६:५१ बजे

काठमाडौँ हामी मध्यकतिपयले आफ्नो भावना एवं विचारहरू फेसबुक स्टाटस वा ब्लगमार्फत व्यक्त गरिरहेका हुन्छौँ तर यस्ता यसलाई अलि व्यवस्थित तरिकाले आफ्नो ब्लग वा वेबसाइटबाट आम मानिससँग साट्ने हो भने सजिलै आफ्नो आम्दानीको गतिलो स्रोत बन्‍न जान्छ । यहाँ तपाईंलाई गुगल एडसेन्सबाट कसरी कमाइ गर्न सकिन्छ भन्‍ने जानकारी दिदैछौँ । 

के हो त गुगल एडसेन्स् ?
हामीमध्य धेरैले ‘गुगल एडसेन्स’ बारे सुनेको छौँ । सुन्‍नुभएको छैन भने आज यहाँ यसको बारेमा चर्चा गरिन्छ । गुगल एडसेन्स गुगलको एउटा सर्भिस हो जुनबाट हामीले युट्युब, ब्लग तथा वेबसाइटमा महिनामा कति कमाइ भयो भनेर देखाउने र सम्बन्धित व्यक्तिलाई पठाउने काम गर्छ । एक प्रकारले भन्दा यो गुगलको अकाउन्ट सेक्सन भन्दा फरक नपर्ला ।


तपाईंले गुगल एडसेन्समा लगइन गरेर हेर्नुभयो भने त्यसमा तपाईंको दैनिक इस्टमिटेड कमाइ कति भयो भनेर देखाउने काम गर्छ र यदि तपाईंको कमाइ १०० डलरभन्दा माथि भयो भने तपाईंको बैंक तथा सम्बन्धित स्थानमा पठाउँछ तर त्यसमा तपाईंले सेट गरेको पेमेन्ट थ्रेसहोल्ड भने पुरा गरेको हुनुपर्दछ । यसरी तपाईंले सजिलै घरमा बसेर केहि मेहनत गर्नुभयो भने केही एक्ट्रा आम्दानी गर्न सक्नुहुनेछ । 

कसरी सुरू गर्ने ?
गुगल एडसेन्सबाट आम्दानी गर्नका लागि सर्वप्रथम तपाईंसँग एउटा ब्लग हुन जरूरी छ । यदि छैन भने तपाईंले गुगलको ब्लगरमा वा वर्ड प्रेसमा गएर एउटा निशुल्क ब्लग बनाउन सक्नुहन्छ । ब्लग गुगल एडसेन्स प्रोग्राम सपोर्ट गर्ने भाषामा हुनु जरूरी छ । कुन कुन भाषामा सपोर्ट गर्छ भनेर तपाईं गुगलको ब्लगमा गएर हेर्न सक्नुहुन्छ ।

नेपालबाट एप्लाई गर्न सकिन्छ ?
गुगल एडसेन्स एप्लाई गर्न लोकेसनको कुनै पनि बन्देज छैन् । तपाईंले सजिलै नेपालबाट एडसेन्सलाई एप्लाई गर्नसक्नु हुन्छ । तपाईंको ब्लग वा वेबसाइटमा गुगल एडसेन्सको पोलिसी ठीक भएको खण्डमा गुगलले सजिलै तपाईंको अकाउन्टलाई एप्रुभ गर्नेछ ।

दैनिक कति भजिटर चाहिन्छ ?
गुगलको एडसेन्स पोलिसिमा भिजिटरको सिमा निर्धारण गरिएको छैन । तपाईंले जति भिजिटर भए पनि एप्लाई गर्न सक्नुहुनेछ । याद राख्नुहोस् भिजिटरको संख्या धेरै देखाउन फेसबुक वा अन्य कुनै त्यस्ता पेजबाट भिजिटर पठाउने साइडको प्रयोग नगर्नुहोस् ।

आर्टिकल कति चाहिन्छ ?
एडसेन्स एप्रुभको लागि तपाईं साइटमा ३ सय शब्ददेखि माथि भएका करिब ३० भन्दा बढी आर्टिकल आवश्यक पर्दछ । साइट भने ब्लगरमा भए करिब तीन महिना पुरानो भएको हुनुपर्छ । ब्लग वा वेबसाइटमा प्राइभेसी पोलिसी जस्ता कुराहरू देखिने स्थानमा हुन आवश्यक पर्दछ ।

कसरी एप्लाई गर्ने ?
यदि माथि भनिए अनुसार तपाईंको साइट तयार छ भने गुगल एडसेन्सको साइटमा गएर तपाईंको ब्लग र बाँकी मागेका सम्पूर्ण विवरणहरू भरेर पठाउनुहोस् । केही दिनमा तपाईंको इमेलमा एप्रुभ भए नभएको जानकारीसहित गुगल एडसेन्स टिमले इमेल पठाउने छ ।


Author

थप समाचार
x