सूचना-प्रवधि

यी हुन् २० हजारभन्दा कम बजेटका पाँच मोबाइल

इकागज |
कात्तिक २४, २०७८ बुधबार १०:५१ बजे

काठमाडौँ- प्रविधिको विकाससँगै स्मार्टफोनको मूल्य पनि घट्दै गएका छन् । मोबाइलको सुरुवातमा ताका साधारण किप्याड भएका मोबाइलको नै हजारौँ मूल्य पर्ने गरेको थियो । हाल १ हजारमा यस्ता साधारण मोबाइल सजिलै बजारमा पाइन्छ ।

केही समयअगाडी उच्च वर्गको हातमा मात्र देखिने मोबाइल अब सबैको आवश्यकता हुँदै गएको छ । विश्व बजारमा प्रत्येक दिन नयाँ-नयाँ मोबाइल फोन सार्वजनिक भइरहेका हुन्छन् । नेपालमा प्रत्येक दिन यस्ता मोबाइल सेट सार्वजनिक हुँदै आएका छन् । गत तीन महिनाको अवधिमा नेपालमा २२ लाखभन्दा बढी मोबाइल फोन भित्रिएको थियो । यसमा केही मोबाइल लाखौँ मूल्य पर्ने छन् भने केही हजारमा आउने पनि रहेका छन् ।


यहाँ हामी २० हजारभन्दा तल मूल्य रहेका ५ मोबाइल फोनको बारेमा केही जानकारी दिइएको छ । २० हजारसम्मको बजेटमा मोबाइल फोन किन्‍ने सोचमा हुनुहुन्छ भने यो लेख तपाईंको लागि केही सहयोगी सावित हुनेछ ।

भिभो वाई १२ एस
भिभो वाई १२ एस नेपालमा यसको मूल्य १७ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ । पाँच हजार एमएचको ब्याट्री तथा साइड फ्रिंगरप्रिन्ट रहेको फोनमा एआई ड्युल क्यामेरा रहेको छ । फेस अनलक सुविधा रहेको यस फोनमा ८ मेगापिक्सेलको फ्रन्ट तथा १३ मेगापिक्सेलको ब्याक क्यामेरा रहेको छ । ३ जीबी र्‍याम तथा ३२ जीबीको स्टोरेज क्षमता फोनमा रहेको छ ।

सामसुङ ग्यालेक्सी ए १२
बजेट फोन अन्तर्गत अर्को रहेको फोन हो सामसुङ ग्यालेक्सी ए १२ । र्‍याम अनुसार यसको मूल्य १८ हजार ९ सय ९९ र १९ हजार ९ सय ९९ गरी दुई भेरियन्टमा रहेको छ । ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेजको मूल्य १९ हजार ९ सय ९९ रहेको छ भने ४ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेजको १९ हजार ९ सय ९९ रहेको छ । ५ हजार एमएचको ब्याट्री ३४ घण्टासम्म कुरागर्न सकिने कम्पनीले दावी गरेको छ । ८ मेगापिक्सेलको क्यामेरा अगाडी तथा ४८ मेगापिक्सेलको ब्याक क्यामेरा रहेको छ । फ्रिंगरप्रिन्ट सेन्सर समेत रहेको यस फोनलाई २० हजार भन्दा कम बजेटको फोन अन्तर्गत राख्‍न सकिन्छ । 

मोटोरोला मोटो जि ९ प्ले
मोटो जि नाइन प्ले क्वालकम स्न्यापड्र्यागन ६६२ चिप्सेट रहेको फोन हो । यसमा  ४८ मेगापिक्सेलको ट्रिपल क्यामेरा रहेको छ । मोटो जि ९ प्लेमा ४ जीबी र्‍याम तथा १ सय २८ जीबी मेमोरी रहेको छ । नेपालमा यसको मूल्य १९ हजार ९ सय ९० रूपैयाँ रहेको छ । यस फोनमा ५ हजार एमएच ब्याट्री क्षमता रहेको छ ।

रियलमी सी २१ वाई
रियलमीले युवा पुस्तालाई मध्यनजर गर्दै ल्याइएको यो ‘सी २१ वाई’ मा सुपर नाइटस्केप डिस्प्ले, तीनवटा क्यामेरा, १२ एनएम अक्टाकोर प्रोसेसर, ५ हजार एमएएचको ब्याट्रीलगायतका फिचर छन् । फोनमा ६.५ इन्चको एचडी प्लस मिनी ड्रप फुलस्क्रिन छ । ८९.५ प्रतिशत बडी रेसियोयुक्त डिस्प्ले भएको फोनमा १३ मेगापिक्सलको मुख्य क्यामेरा छ, जसमार्फत् रातको समयमा पनि उत्कृष्ट फोटो खिच्‍न सकिन्छ ।

त्यस्तै फोनमा सेल्फी क्यामेराका लागि एआई ब्युटी, एचडीआर मोड, पोट्रेटलगायतका विभिन्‍न मोड उपलब्ध छन् । फोनमा डुअल सिम सपोर्ट हुनुका साथै २५६ जीबीसम्मको एसडी कार्ड प्रयोग गर्न सकिने छ । नेपाली बजारमा निलो र कालो गरी दुई रङमा उपलब्ध  फोन ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेजको मूल्य १७ हजार ९९ रूपैयाँ रहेको छ ।

पोको एम टु
मेडियाटेक हेलियो जी ८० अक्टाकोर प्रोसेसर रहेको पोको एम टुमा ६ जीबी र्‍याम रहेको छ । फोनमा ६४ जीबी स्टोरेज क्षमता छ । मेडियाटेक र यसमा रहेको रोम र र्‍यामको मिश्रणले यस फोनमार्फत गेमिङ्गको आनन्द लिन सकिन्छ  ।

फोनमा ६.५३ इन्च पूर्ण एचडी प्लस डिस्प्ले रहेको छ । एड्ज-टु-एड्ज डिस्प्ले रहेको फोनमा स्क्रिन सुरक्षाका लागि कर्निङ गोरिल्ला ग्लास ३ प्रयोग गरिएको छ । रियरमा फिंगरप्रिन्ट सेन्सरका साथ आएको फोनको सुरक्षाको लागि पीटुआई न्यानो कोटिङ प्रयोग गरिएको छ । पोको एम टुमा ४ वटा क्यामेरा प्रयोग गरिएको छ । जसमा १३ एमपी प्राइम सेन्सर, ८ एमपी अल्ट्रा वाइड सेन्सर, ५ एमपी म्याक्रो सेन्सर र २एमपी डेप्थ सेन्सर रहेको छ ।

त्यस्तै फोनमा ८ एमपी अल्ट्रा वाइड क्यामेरा रहेको छ । फोनमा शक्तिशाली ५ हजार एमएएच ब्याट्री रहेको छ । फोनमा १८ वाटको फास्ट चार्जिंङ रहेको छ । यसको मूल्य १८ हजार ९ सय ९९ रूपैयाँ रहेको छ । यो फोन ब्रिक रेड, पिच ब्लाक र स्लेट ब्लू कलर अप्सनमा उपलब्ध हुनेछ ।


Author

थप समाचार
x